चारु

–शिखा खतिवडा
साम्राज्यवादीकाे पञ्जाबाट अब त देश बचाउनु पर्छ
नेपालीकाे अाफ्नै पहिचान खुल्ने भेष बचाउनु पर्छ
राष्ट्रिय स्वाभिमानकाे रक्षार्थ सडकमा छन् याेद्धाहरु
एम सि सिबाट अब राष्ट्रियताकाे अवशेष बचाउनु पर्छ
छिमेकी विरुद्ध कहिल्यै प्रयाेग नहाेस् याे देशकाे माटाे
याे देशले भविष्यमा छिमेकसँग हुने द्वेष बचाउनु पर्छ
हाम्राे देश रहे मात्र हामी रहन्छाैँ नभुलाैँ याे मुलमन्त्रलाई
सत्ताका लागि हुने साैदावाजी हरेक निमेष बचाउनु पर्छ
ए ! फाेहर राजनीति गर्नेहरु तिमी भ्रमबाट ब्युँझेर अाऊ
याे “शिखा” भन्छे युद्ध र अनावश्यक कलेष बचाउनु पर्छ ।
डुमरवाना-१५, बारा
