सपना आचार्यका ४ छोटा कविता
-सपना आचार्य
००
थाहै नपाई आँखाबाट आँसु झर्छन्
सपना यहाँ पूरा नहुँदै मर्छन्
लाग्छ अधुरो म आधा हराइरहेकी छु
अनायासमा नै बर्वराई रहेछु
वास्तविकता स्वीकार नसकी
आफैलाई झूटो दिलासा दिइरहेको छु।
तिमीलाई हिजो राती सपना देखेकी थिएँ
तर तिमि टाढा थियौ
जसरी तिमि अहिले छौँ
रात दुःखी हुन्छ,
उसले मेरो अन्त्य भएको हेर्न चाहन्छ,
तर
हरेक बिहान तिम्रो अभावमा उठ्छु
अनि फेरि तिम्रै प्रतीक्षा मा जिउन चाहन्छु
00
छैन प्यारो फूल समाइ बिगारूँ
मोहको नशामा रमाइ बिगारूँ
लाग्छ प्रेमलाई प्रेम नै हुन दिनुपर्छ
व्यर्थै किन नाता थमाइ बिगारूँ।।
00
आँसुको भाग सकियो
अलिकति सासको बाकी छ ।
लुछेर काया सकियो
अलिकति हड्डीको भाग बाकी छ ।
धैर्य को बाटो हिडदा
एउटा युग सकियो अर्को युग बाकी छ !
00
आज फेरी !
आफैलाई छलेर आए !
खै के खै के
बालुवा खोतलेर आए !
रहर भित्र को पीडा
नबुझेर आए ।
न सहेर बस्नु ,
न मन बुझाएर बस्नु
कस्तो कैद हो !
लहडी लाई सुन्नु !
तीन न तेर के गन्नु !
एउटा गजब साहित्य हो !
आज यस्तै सुनेर आए
फेद न टुप्पो चडनु !
ठगको उपदेश पढ्नु
अर्को अजब साहित्य भो
आज दिउसै तारा देखेर आए ।