डिग्रीको खोस्टो
-मनहरी चापागाईँ
न मकै, न धानका बाला
सिर्फ कागज
न ज्ञानका अतिरिक्त उपायले भरेका, मात्र अङ्कमै सीमित
ज्ञान छ, मूल्याङ्कन छैन
देश छोड्नेको तथ्याङ्क हेर्थे
अनि लाग्थ्यो किन बिदेशिनछन नेपाली जनता,
आत्मालोचना गर्थे
उही पोर्टल हेर्यो, यती उत्तिको चिया गफमै रम्यो
अहिले जब ब्याचलर सके तब महसुस गर्दै छु,
जतिले देश छोडे ठिक गरे
धन्न रेमिटान्सले सहायता गर्या छन्
आफू ज्ञानधारी बन्न नेपालनै बसियो,
के प्रगति, के उन्नति? हात लाग्यो शून्य झैँ,
न योगदान, न परिश्रम, न मेहनत
बुवाको कमाइको राजाइ,
आमाले पकाको तातो भात,
अनि भातको पहाडमा लुकेका घिउ,
खाइसके पछि जिब्रो नै बाक्लो हुने
दुःख बिलासिता भोग्नै परेन,
भनिन्छ इख नभएको छोरो र् विष नभएको सर्प बेकार छ,
यसै पङ्क्तिलाई चार्ली चाप्लिन र् मिस्टर बिन सँग दाज्छु,
उनीहरु एक कलाकार भए, म त्यसको पात्रमा मात्रै सीमित भए,
दुःख देखी दूर रहे अहिले यता न उताको पो भएछु
मेरो देशको अवस्था देखेर
बडो गम्भीर हुन मन लाग्छ, कदम कदाचित आश्चर्य लाग्छ,
दिनहुँ हजारौँ बिदेशिन्छन,
लाग्थ्यो पैसाले नपुगेर अथवा अन्य कुनै समस्या
तर
म गलत रहेछु आफैँ महसुस गर्दै छु
नातावादका सिद्धान्तको घोकन्ते विद्या आर्जन नगरेका
यहाँ मूर्ति समान हुन बाहेकको विकल्प छैन ।
बिदेसिनेमा पनि खाडीको मरुभूमिमा पसिना बहाई
परिवारलाई मासिक खर्च पठाउने प्रति सम्मान व्यक्त गर्न मन लाग्छ
रेमिटान्स, न विद्यार्थीले नै भित्राए, न घुमन्तेले नै
तिनैले गर्दा आज यत्ति रेमिटान्स भित्रियो भनेर
दुई-चार शब्द शानका साथ बाचन् गर्न पाइयाछ,
सर्टिफिकेटलाई कागजको खोस्टो सँग दाज्नु बाहेक विकल्प रहेन,
किनभने जति संस्था डुलेपनी हार खाए, हरेस खाए,
अब लाग्न थाल्यो कि अमेरिका, अस्ट्रेलिया सहर कस्तो होला,
जहाँ जान सबै मुलुकका मरिहत्य गर्छन्
शायद त्याहा खाना पकाउनु पर्दैन,
लुगा धुनु पढ्नु पर्दैन, कमाउनु पर्दैन,
दुःख पाइँदैन भनेर पो होला कि?
शास्त्रमा स्वर्गमा सुख- सयल हुन्छ भन्ने पौराणिक कथामा पढे,
कतै स्वर्ग अमेरिका, अस्ट्रेलिया, क्यानडा त होइन?
मुसुक्क मुस्कान दिनु बाहेकको विकल्प जे नै छ र,
मनले हरेस खायो,
समुन्द्र पारीको राज्यको परिकल्पना गर्न थाली सके
अब त आफ्नै सर्टिफिकेट देखी हार खाइसके ।