वर्षौ भयो घर छोडेर...... - साहित्य सिर्जना साहित्य सिर्जना
  • २५ कार्तिक २०८१, आईतवार
Logo

वर्षौ भयो घर छोडेर……



वर्षौ भयो घर छोडेर म पसेको परदेश
पल पलमा सम्झिरहेछु म मेरो घरदेश

पहाडको टाकुरोको मेरो सानो घर त्यो
वर्षा बाढी पहिरोको अहिले धेरै डर भो
बुढी आमा पिँढी बसि बाटो हेर्दिहोलिन
निराशामै दिन ढल्किदा उनी कति रोलिन्
वर्षौ भयो ……….

मनमुटु उतै छोडी,शरीर मात्र लिई आए
परदेशमा हण्डर ठक्कर पाउनु मैले पाए
अधुरै छन् सपना मेरा कमाई कत्ति छैन
रित्तो हात घर फर्केर जान पनि त भैन
वर्षौ भयो…….

काखको त्यो प्यारो साने ठूलो भयो होला
स्कुल जान छैन होला कपी कलम झोला
बाटुलीको माया सम्झि घायल भएको छु
यो मुग्लानमा दिनका दिन पीडा सहेको छु
वर्षौ भयो ………….

– रामचन्द्र भट्टराई
चापाकोट,स्याङ्जा