‘सरुभक्तका मुक्तक’ लोकार्पण - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३० मंसिर २०८२, सोमबार

‘सरुभक्तका मुक्तक’ लोकार्पण



नेपाली साहित्यका अग्रज स्रष्टा सरुभक्त श्रेष्ठका मुक्तक अब एकै पुस्तकमा पढ्न पाइने भएको छ।

‘सरुभक्तका मुक्तक’ नाम दिइएको संग्रहमा पुराना तथा नयाँ, प्रकाशित तथा अप्रकाशित सबै गरि हजार बढी मुक्तक समावेश गरिएका छन्। यसअघि तीन वटा प्रकाशित मुक्तक संग्रह र दुई अप्रकाशित संग्रहसहित पाँच मुक्तक संग्रहका मुक्तक पुस्तकमा समावेश गरिएको हो।

नेपाल मुक्तक प्रतिष्ठान बेलायत र मुक्तक मञ्च पोखराको संयुक्त आयोजनामा आईतबार वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ले ‘सरुभक्तका मुक्तक’ लोकार्पण गरे।

उनको जीवनको पहिलो कृति २०३५ सालमा ‘बन्द खाम भित्र’ मुक्तक संग्रह थियो। साहित्यकार सरुभक्तको त्यो कृति पोखराको पहिलो मुक्तक संग्रह पनि हो।

पोखराको मुक्तकको इतिहास बोकेका सरुभक्तले मुक्तकसँगै कथा, उपन्यास, नाटक, कवितामा पनि कलम चलाएका छन्। विभिन्न शैली, खण्ड र समयमा लेखिएका मुक्तक संग्रह अध्ययन र अभिलेखका लागि महत्त्वपूर्ण रहेका पुस्तकका सम्पादक रुपक श्रेष्ठले बताए।