विवाह वर्ष उत्सवमा छात्रवृत्ति,वृक्षारोपण र रचना वाचन सम्पन्न - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३० मंसिर २०८२, सोमबार

विवाह वर्ष उत्सवमा छात्रवृत्ति,वृक्षारोपण र रचना वाचन सम्पन्न



कल्पना फाउन्डेसन कि अध्यक्ष कल्पना पौडेल जिज्ञासु र ज्ञानोदय मा वि का प्रअ ऋषिराम सापकोटाको वैवाहिक वर्ष उत्सवको अवसरमा कल्पना फाउन्डेसनले आयोजना गरेको छात्रवृत्ति वितरण,वृक्षरोपण तथा रचना वाचन कार्यक्रम ज्ञानोदय मा विमा सम्पन्न भएको छ।

विगतका वर्षहरुमा जस्तै ज्ञानोदय मा विमा अध्ययनरत ३ जना विद्यार्थीहरूलाई स्कुल ड्रेस ,ब्याग स्टेस्नरी वितरण गरिएको थियो। उक्त कार्यक्रममा विद्यालयको परिसरमा सो प्लान्टका बिरुवाहरू रोपिएको थियो। कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरूले कविता ,मुक्तक, गजल, र लघुकथा वाचन गरेका थिए ।

विवाह उत्सवलाई ज्ञानोदय मा वि का शिक्षक तथा कर्मचारीहरूले केक काटेर सापकोटा र जिज्ञासुलाई शुभकामना प्रदान गरेका थिए। कार्यक्रम मा उपस्थित प्रमुख अतिथि वार्ड नं ३ का वडा अध्यक्ष पूर्ण बहादुर भण्डारी विब्यास अध्यक्ष भिमसरा भण्डारी ,पिटिए अध्यक्ष मानबहादुर भण्डारी , खजुरा प्रज्ञाप्रतिष्ठान उपकुलपति डा.इन्द्र बहादुर भण्डारी, विश्लेषक डा.जनार्दन आचार्य, साहित्यकार किरण आचार्य ,कल्पना खरेल ,क्याम्पस प्रमुख चरित्रा शाह , मणि अर्याल , बोधराज प्याकुरेल, इन्दिरा गौतम, लक्ष्मी भट्टराई आदिले मन्तव्य र आफ्ना रचनाबाट विवाह उत्सवको शुभकामना प्रदान गर्नुको साथै यस्ता विशेष दिनहरुमा  यस्ता रचनात्मक कार्यक्रम गरेर मनाउने गरेका सापकोटा र जिज्ञासुलाई धन्यवाद दिएका थिए।

फाउण्डसनका सचिव लेक प्रसाद प्याकुरेलले सञ्चालन गरेको कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाले उपस्थित सबैलाई स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि विशिष्ट अतिथि अन्य अतिथिहरू र ज्ञानोदय मा विका सम्पूर्ण शिक्षक कर्मचारी र उपस्थित सबै जनालाई फाउन्डेसन कि अध्यक्ष कल्पना पाैडल जिज्ञासुले धन्यवाद ज्ञापन गरेकी थिईन।