गिरि श्रीस मगरका दुई कविताहरु - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

गिरि श्रीस मगरका दुई कविताहरु



वीर अस्पताल बनेपछि

सवा एक शताब्दी पहिले
बनेथ्यो वीर अस्पताल काठमाण्डौंमा
उताबाट आएथे–
डा.गान्गुली, डा.मुखर्जी
आएथ्यो एम्बुलेन्स र औषधि ।

त्यसपछि हो–
कथित ठूलाबडा र सत्ताधारीहरूलाई
देशमा सन्चो हुनै नसक्ने
रुघाखोकी लाग्न थालेको
उपचारका लागि विदेशिनै पर्ने
ज्वरो आउन थालेको ।

त्यसपछि
कुद्न थालेका हुन् सत्ताधारीहरू
चल्न थालेको हो उपचारको दौड
तिनलाई त्याग पत्र दिएको
आफ्नै मुटु र मस्तिष्कले ।

त्यसपछि हो
आङ खसेजस्तै भएर देशले
झेल्नु परेको सत्ताको क्रूर दंश
भीरबाट लोटेपछि उछिट्टिएर मरुभूमिसम्म
टुक्रिन थालेको नया“ वंश,
का“ध थाप्न छाडेर सत्ताले
बोल्न थालेको ‘राम राम’
धाउन थालेको सत्ताधारीहरू
उपचारका लागि ‘चारधाम’

त्यसपछि हो पस्न थालेको निरन्तर
उताका–
एम्बुलेन्स
औषधि
अक्सिजन सिलिण्डर. . .
. . . . . . . . . . . . .
. . . . . . . . . . . .

सवा एक शताब्दी पहिले
बनेथ्यो वीर अस्पताल काठमाण्डौंमा
उताबाट आएथे–
डा.गान्गुली, डा.मुखर्जी
आएथ्यो एम्बुलेन्स र औषधि ।

धरमरमा घर

एन्जेलिना जोली
वा इम्मा स्टोनको मुखौटामा
जेसिका अल्वा
वा स्कारलेट जोनसनको
मादक मुस्कानको टाटु खोपेर
कोहीे पसिरहेछ मेरो घरभित्र †

यो पसेपछि घरभित्र
नशाले मदोन्मत्तजस्तै भए“ म
नशाभन्दा पनि खतरनाक केही
दौडिन थाल्यो मेरो नसा नसामा ।

विस्तारै विस्तारै
विराना बन्दै गए आमाबाबा
बोझ बन्दै गए बाजेबज्यै †
धूलोका पत्र–पत्र जम्न थाल्यो
शताब्दीयौ“ पुरानो ढ्याङ्ग्रोमाथि
माकुराले जालो लगायो
कुलदेवताको थानभरि ।

बेरोकटोक अनवरत्
यो पस्न थालेपछि घरभित्र
बिस्तारै बिस्तारै घरबाट बाहिरियो–

श्रद्धा र प्रेम
आदर्श र इमान
सो“च र स्वाभिमान
स्वत्व र पहिचान†

बाहिरियो–
पितृका किंवदन्ती र झा“क्री बाजेको कथा,
पुर्खाले पुजेको भरोसा र आस्था †
घरबाहिर निकालिए–
आमाबाबा र बाजेबज्यै
तामाका गाग्री र चरेसका थाल
पुराऽऽनो सन्दुस र पुराना चाल ।

यो पसेपछि घरभित्र
थाहै नपाई
निस्किगएछ मभित्रबाट
संक्रमणविरुद्धको क्षमता प्रतिरोधी,
भइगएछु म
शिर ढलेको रोगी†

सबै बाहिरिएपछि घरबाट
हल्लिइरहेको जग
चर्किरहेका भित्ताहरू
ढल्किइरहेको धुरी खा“बोमा
निरन्तर भइरहेछ धरमर धरमर
जीर्ण विदीर्ण मेरो घर †

(एन्जेलिना जोली, इम्मा स्टोन, जेसिका अल्वा र स्कारलेट जोनसनःहलिउड सिनेमाका जगतप्रसिद्ध अभिनेत्रीहरू)