भो नि ! - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

भो नि !



-सपना आचार्य

हावा त हो जीवन !
आकाश घोचेर !
अलिकति भरे त भो नि !

नबुझे झैँ के बसी राको !
माया लगाउने त हो !
अलिकति बसाई सरे त भो नि !

न अट्ने भा पो
खाली छदै छ मन मुटु ,
अलिकति थपे त भो नि !

खोज्नु परेन नयाँ !
पुरानो छाडेर यसो !
नजर फेरे त भो नि !
रात भर जागे को किन ?
थोरै यता फर्केर !
अँगालो हाले त भो नि !