मन - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

मन



– घनश्याम कोइराला

मेरो मन भन्छ !

त्यो नराम्रो पनि राम्रो हुन सक्दछ,

त्यो दुःख पनि सुखद हुन सक्दछ,

त्यो विध्वंस पनि राम्रो हुन सक्दछ,

त्यो रोदन क्रन्दन पनि राम्रो हुन सक्दछ,

त्यो असफलता पनि राम्रो हुन सक्दछ,

त्यो पीडा पनि राम्रो हुन सक्दछ,

कपडा सिलाउनुअघि कैँचीले काटिएजस्तै, चिकित्सकले सफल शल्यक्रिया गरेजस्तै,

बहुमूल्य धातु-पदार्थका लागि पहाड भत्काएजस्तै,

सन्तान जन्माउने आमालाई प्रसव पीडा भएजस्तै,

अन्माउने समयमा बेहुली र माइती रोएजस्तै !

जस्तैजस्तै, त्यस्तैत्यस्तै – परार साल नाकाबन्दी लगाएजस्तै, महाभूकम्पपछि विकास भएको आत्मीयताजस्तै !