परदेशीको पीडा ! - साहित्य सिर्जना साहित्य सिर्जना
  • २० माघ २०८२, सोमबार

परदेशीको पीडा !



-दिपिका भण्डारी

गाउँ छाडी परदेश आए,
परदेशको भूमिमै अलपत्र भए।
न आमाको काख छ यहाँ,
प्यारो त केवल त्यो ठाउँ,बाबाको साथ जहाँ ।।

सन्चै होलिन् उता प्यारी पनि,
मेरा नानाबालालाई कस्तो छ नि।
बा आउने बाटो बसि कुर्दा हुन् ,
चिचीपापाको आस पनि गर्दा हुन् ।।

आमा,कमाउने भइ आउने छु म,
सबैका लागि नयाँ लुगा ल्याउने छु म।
घरमा नयाँ छानो छाउने छु म,
सपनाको महल बनाउन काबिल भइ आउनेछु म।।

परदेशिए भन्दैमा गाउँको माया भुल्ने छैन,
कमाउन आको हुं म,जथाभावी डुल्ने छैन ।
दु:ख बुझेको छु घरको मैले,
त्यसैले सहर छिरे घरको पेट भर्न अहिले ।।

सहर आउँदा लागेको ऋण तिर्नु छ,
आफन्त किन्न सक्ने पैसा कमाउनु छ।
बाआमाको खुसीका दिन छिट्टै आउनेछन्,
मेरा नानाबालाले पनि राम्रो स्कुलमा पढ्न पाउने छन् ।।