सपना आचार्यका ३ छोटा कविता

00
काँडो !
खुट्टा मा पाल्न नमिल्ने ।
भोलि को लागि !
औजार होला भनी !
सँगाल्न नमिल्ने !
तर काँडो निकाल्न
काँडै चाहियो
हिजो घृणा ले फ्यालेको !
आज फेरि खोजेर कहाँ पाइयो ।
00
आँसुको भाग सकियो
अलिकति सासको बाकी छ ।
लुछेर काया सकियो
अलिकति हड्डीको भाग बाकी छ ।
धैर्य को बाटो हिडदा
एउटा युग सकियो अर्को युग बाकी छ !
00
छैन प्यारो फूल समाइ बिगारूँ
मोहको नशामा रमाइ बिगारूँ
लाग्छ प्रेमलाई प्रेम नै हुन दिनुपर्छ
व्यर्थै किन नाता थमाइ बिगारूँ।।
