एउटा सिङ्गो रात

-ममता अर्याल लैलै
एउटा सिङ्गो रात तिमीलाई
हेरेर बिताउन मन छ
बेरेर बिताउन मन छ
एउटा खास रात तिमी सँग
छोएर बिताउन मन छ
रोएर बिताउन मन छ
एउटा चञ्चले रात तिमी सँग
हाँसेर बिताउन मन छ
बाचेर बिताउन मन छ
एउटा जुनेली रात तिमी सँग
टाँसिएर बिताउन मन छ
गाँसिएर बिताउन मन छ
एउटा चिसो रात तिमी सँग
आत्तिँदै बिताउने मन छ
मात्तिँदै बिताउने मन छ।।
