तिम्रा लागि कविता लेख्दै छु - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

तिम्रा लागि कविता लेख्दै छु



-दिपिका भण्डारी

हो,आज म तिम्रा लागि कविता लेख्दै छु,
तिमिसँगै आफ्नो भविष्य , म देख्दै छु।
मेरो साथ दिनबाट तिमी पछि नहट्नु,
ममा भएका ठिक बेठिक तिमी नै छाँट्नु।।

ममा भएका दागहरू बरु तिमी नै मेट्नु,
माया गर्न म बाहेक बिन्ती अरू नभेट्नु।
मेरा हरेक खुसी,म तिम्रा नाम गरिदिउँला,
मिलेसम्म तिम्रा दुख र पिर बरु मै लिउँला।।

अरू पर्दैन, यो रित्तिएको मन तिमी भरिदिनु,
आशा मार्दै छु म,यो मरेको आशा जगाइदिनु।
अधुरो,अपुरो चाहना तिमी आए पूरा हुन्छ कि,
जसोतसो चलिरहेको जीवन,राम्ररी पो चल्छ कि।।

मन एक भए नि,यसभित्र भावना हजार थरी छन् ,
र बुझ्नु,ती भावना केवल तिम्रा लागि मात्र छन् ।
माया असफल होला कि भनी नडराउनु है तिमी ,
हरेक समस्या समाधान गरी सँगै रमाउँला हामी ।।

वाचा गर्छु मायाको कमी हुन दिने छैन कहिले पनि,
तिम्रा सुख , दुखमा साथ दिनेछु म जहिले पनि ।
आऊ कसम खाऊँ बाचुन्जेल एकसाथ रहने भनी ,
जीवनमा आइपर्ने बाधा अड्चन एकसाथ सहने भनी।।