आस्थाको बाटो - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

आस्थाको बाटो



-श्रीबहादुर केसी शैलुङ्गे

हेमन्त ऋतुको चिसो सिरेटाेमा
उभिएर एउटा विस्थापित बाटोमा
जीवनको पदमार्गमा रमाउँदै
तितो सपना बोकेर क्षणिक समय
सोचेर हर प्रहर मस्तिष्क भरि
कैंयाै अनाथ शिशुहरू
काम्दै चिसो ठिहिमा थुरथुर
साँगुरा बाटोभरि आमाको स्पर्श
असमयमै आमा बनेका तन्नेरीहरू
अन्तहीन यात्रामा सफर गर्दै
खाेजिरहेछन आश्रय
हिडीरहेका छन् त्यहीँ बाटो
घण्टाघर जस्तो जीवन बोकेर।
तितो बिपनी सँग टाँसिसिएर
गरिरहेछन् अनौठो यात्रा
त्यहीँ साँघुरो बाटोमा
मानवीय स्वभावका इच्छाशक्ति
अधेरीको बाटाेका किनारा झैँ
जीवनका ताराहरू टिपेर कस‌ैले
हाम्रै जीवनको आस्था समेटिएको
काम्दै हिँडेर,चालेर पाइताला हरू
मान्छे बाट निर्मित त्यो बाटो
हिँडेर हरेक प्रहरको रात अधेरीमा
बालेर अग्निको उज्यालो रूप
स्वतन्त्रताको अभियान बोकेर
मान्छेको जीवन झैँ हिँड्दै छ बाटो
निष्पक्ष भई सिँगारिएर बाटोहरू
सजाएर एक फाँकी हाँसोमा
दिएर नवीनतम जीवन
लगाएर घाउहरूमा मलहम
एउटा विम्ब बोकेर
स्वप्निल आँखाहरूले
विश्वासको पर्खाल झैँ
अल्झाउनु थियो भित्री हृदयमा।

भक्तपुर