घामको 'गणतन्त्र' - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

घामको ‘गणतन्त्र’



-बैकुन्ठ लामिछाने 

रातभरी बास बसेपछी शीत
मेरो खरको छानोमा
चिस्यानको सुन्दरताले
मुर्छित बनायको छ
मेरो दैनिकी
आइसक्दा चारैतिरका अग्ला घरको बरन्डामा
घामको बिस्कुन
मेरो झुपडिमा आउनु अघिनै
पुजिबादको अपहरणले
किन घेराबन्दिमा परेको छ
घामको गणतन्त्र

भकारोले फेरिरहेको छ
चिसो श्वास
बाफले हानिरहेको छ झट्टि
घामको झुत्तोमा
ब्यग्रताको किलोमा उभियर
मालिगाइ बोलाइरहेको छ घामको जन्ती
पठ्याङ्रा पठ्याङ्री दौडिरहे छन
यता उता घामको प्रेमिल प्रतिक्षामा
आगोको अगुल्टो
लगाइरहेछ दाउरा सङ मीत
डेक्चिको कुडे चिसो पियर मुर्छित छ
घाम न आइपुगेको रिसमा घर घेरीरहेको छ
पिरो धुवा
अग्लो घरको मास्लो तलाको बरन्डामा उभियर
पुजिबादको डबलबेडको तन्नाले फेरि गर्लम्मै छेकेको छ
मेरो घरको ढाडैमा ओर्लन लागेको घाम
फेरि दोश्रो पटक पनि
आलिशान पुजिबादको ओछ्यानको घेराबन्दिमा परेको छ
घामको गणतन्त्र

अगेनुको छेवैमा
बिडिको चुम्बनमा फतफताइरहनु भयको छ श्रीमान
घाम पनि छेक्न सक्ने रहेछ हो पैसा हुनेले त
अलि चर्कै कड्किरहनु भयको छ
एक्लै

तातेपछी धुवाको पारो
छोडेर दाउराको सङत
एक्लै निस्कियकोछ आबेगमा
को हो त्यो घाम छेक्ने ?
पिरो धुवाको हतियार बोकेर
ठुला घरको कोठा कोठा बिद्रोह छर्दै हिडेको छ धुवा
त्यत्तिकैमा च्याठ्ठिनु भयको छ सिरानको तलाबाट मालिक्नी
कति पताको हो धुवा
ग्यास बाल्नुनी
जम्मै धुवै धुवाले स्वास फेर्नै सकियन
मरिने भो ।
मार्ने भय यिनका सन्तानले हामिलाइ ।
रिसानी हुनुभयो वहाहरु भनेर
म चुपचाप फेरि ठोकिरहेको छु दाउराको खप्परहरु
र कुरिरहेछु घामको आगमन
तोडन नसकेर चौतर्फी घेराबन्दी
निसास्सियर पुजिबादको उचाइको चेम्बरमा
घामको गणतन्त्र
पुन यो पटक पनि
आउन सकेको छैन घाम पिढिको पोल्टासम्म
धुवाको उचाइमा रिसको उचाइ थपेर
अझै थपेर धुवा बेतोडले सल्कायर बिडि
श्रीमानले कडकेर फेरि बोल्नु भो
हेरौ अब
घाम छेक्न सक्नेहरुले धुवा छेक्न सक्छन कि सक्दैनन?
हेर्छु
श्वास छेकेर को बाच्ने रहेछ यो शहरमा???