स्मृति उसको - साहित्य सिर्जना साहित्य सिर्जना
  • २० बैशाख २०८३, आईतवार

स्मृति उसको



-भावना थापा(मुस्कान)

मुसुक्क मुस्कुराएर
हेरेका छड्के नजरहरु
तिमी तिरै डुलाउन्थे
यी मनका सारा रहरहरु।

साउने झरी जस्तै
उर्लिएका यौवनका तरङ्ग
पिरतीको छाता ओढी
म भिज्ने गर्थे तिमीसँग।

आँहा क्या गजब
जुनेली ती रात थिँए
एकान्तमा गरेका
मिठा मिठा बात थिँए।

मुटुभरी ती बेदना बोकी
अझैसम्म बाचिरहेकी छु
अतितका यादहरुलाई
सङ्गालेर साचिंरहेकी छु।

कसरी भेट भएछ
अनि कसरी छुटियो
सोच्दैछु म अचेल
यो जवानी लुटियो।

म बस्ने त्यो दिलमा
आज बास भो कसको
अतित नसम्झु भन्दा
अझै छ स्मृति उसको।

बझाङ
हाल दक्षिण भारत