सगरमाथा - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

सगरमाथा



-कविराज पौडेल 

थाल्छन् यात्रा रवि किरणले ओर्लिई दूर आई,
हाली राताे रङ सिउँदमा स्वर्ण सिन्दूर ल्याई,
फन्काे मार्दा सकल धरती बन्छ याैटा निशानी,
आहा!बिम्झेसरि हिमचुलीमाथि पैलाे बिहानी।

आयाै क्यारे तलतिर शिला ठाेक्किँदा जन्मिएर।
छाेई नीलाे सगर शिरले सृष्टिमा अन्मिएर।
हाँसे जस्तै अधर पहिलाेपल्ट हाँस्दा हिमाल,
तिम्रै फेदीनिर सुरु भयाे जीवकाे आदि काल,

हाँस्दै खेल्दै अटल हिमवत्खण्डमा मुस्कुराई,
फाँकी हाल्दै वरवर हुनिन् फेरि पासाङ आई,
तिम्राे चाेखाे मृदुल छविमा प्रीत लाऊँ कि मैले।
तिम्रै फेदीनिर हृदयकाे गीत गाऊँ कि मैले।

छाेई अग्ला शिखर कहिल्यै मेघ नाघेर जान्न,
तिम्रा अग्ला अगम शिरमा घाम ओर्लेर जान्न,
बिम्झे झैँ क्वै नव प्रहरमा ज्याेतिकाे प्वाँख हाली,
आहा तिम्राे शिरनिर सदा हुन्छ प्रारम्भ खालि,

हेरे तिम्राे बदन-जलकाे बिन्दुले स्राेत भेट्छ।
हेरी तिम्रै हिमगिरि चुली सिन्धुले प्यास मेट्छ।
तिम्राे सेताे गजुर नगिचै क्यै लुकेकाे छ जस्ताे,
कल्पी याैटा अमर कविता क्वै भुलेकाे छ जस्ताे!

थापी कन्धा उपर असिना दु:खमा आत्तिदैनाै,
बाेकी अग्लाे सगर शिरमा हर्षमा मात्तिदैनाै।
अन्यायीका नगिच नझुकी टल्किएकाे खुँडाझैँ,
देखिन्छाै हे हिमगिरि चुली वीर याेद्धा खडाझैँ।

केही बाेलूँसरि अधर यी लाग्छ फाेऊँ कि झैँ म,
हेर्दा तिम्राे धवल प्रतिमा लाग्छ राेऊँ कि झैँ म,
आओ आओ नबस जन हे जिन्दगानी बियाँली,
गाओ उक्ली अविचल चुली विश्वलाई नियाली,