माटाे - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

माटाे



-दलबहादुर गुरुङ

म भुड्कीचाेकमा भुड्की बेचिरहेकाे छु
कैयाैंले लैजान्छन् पैसा राख्न
संगाल्न पैसा
जाेगाउन पैसा
बचाउन पैसा
भरिन नपाउँदै कतिले
चुलाएर कसैले
फाेर्छन् ब्वाङ्ग !
पार्छन् झर्याम्म !
त्यतिबेला
पसिनाकाे अपमान ठान्छु
मिहिनेतकाे मृत्यु मान्छु
रहर पुराए हाेलान् कतिले
ईच्छा पूरा गरे हाेलान् कतिले
भुड्कीकाे पैसाले
तर

भुड्की बेचिरहँदा …..!
माटाे बेचिरहेकाे
आफ्नाे स्वाधीनता गुमेकाे
श्रम र सीपले आत्महत्या गरिरहेकाे ठान्छु ।