के हुन्न हामी जुटे ? - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

के हुन्न हामी जुटे ?



-सराेज सर्वहारा

छन्द :- शार्दूलविक्रीडित

अग्ला पर्वतका खुला हृदयमा गुड्छन् सयाैं माेटर
छाती सागरकाे थिचेर जलमै बन्छन् विमानस्थल
हाेला नामनिसान ध्वस्त सबकाे तेराे र मेराे भने
हाम्राे देश हुनेछ स्वर्गसरिकाे के हुन्न हामी जुटे ?

बन्छन् यान, विमान, जेट सजिलै के नै नबन्ने छ र ?
बन्लान् मङ्गलमा कुनै मनुजका अाकाश चुम्ने घर
माटाेकाे जलकाे यही पवनको ऊर्जा बटुल्छाैँ भने
हामी सक्षम बन्दछाैँ मुलुकमै के हुन्न हामी जुटे?

सेना बाँदरका जुटेर सुनकाे लङ्का जलाए भने
चाहे मानिसले असम्भव यहाँ के हुन्छ हाेला सखे ?
भत्की ध्वस्त हिराेसिमा पनि उठ्याे, उठ्छन् उठायाैँ भने
सारा संरचनाहरू बिउँतिए ,के हुन्न हामी जुटे?

कत्रा दिव्य विशाल क्रान्ति सजिलै हुन्छन् मिलेमा जन
बढ्नेछाैँ जनता मिली अघि भने के हुन्न हाेला भन ?
राणा शासन राजतन्त्र ढलिगाे’ टिक्लान् र सामन्त के ?
छिट्टै हुन्छ विकास याे मुलुककाे के हुन्न हामी जुटे ?

पंक्षी पाैरखमा रमेर जहिल्यै पाल्छन् बचेरा तर
मर्छन् भाेक सही अजिंगरहरू बस्दा बिना जाँगर
अाफूभित्र विशाल भाेक नरहे बन्दैन केही सखे
हाम्रै पाैरखले सजिन्छ धरती के हुन्न हामी जुटे?

रुपन्देही