भो नि !

-सपना आचार्य
हावा त हो जीवन !
आकाश घोचेर !
अलिकति भरे त भो नि !
नबुझे झैँ के बसी राको !
माया लगाउने त हो !
अलिकति बसाई सरे त भो नि !
न अट्ने भा पो
खाली छदै छ मन मुटु ,
अलिकति थपे त भो नि !
खोज्नु परेन नयाँ !
पुरानो छाडेर यसो !
नजर फेरे त भो नि !
रात भर जागे को किन ?
थोरै यता फर्केर !
अँगालो हाले त भो नि !
