बाँदर । - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

बाँदर ।



-उद्धव अधिकारी 

अचानक फोन आयो ।
उदास थिए।
भेट्न गए ।
पत्नी सङ झगडा परेछ ।
सङै बस्नै न सक्ने गरी ।
भना भन भएछ ।
दुःख सम्झे ।

ढाडस दिए ।
मन मिलेन भने
कसरी जीवन जिउँछौ ?
आफ्नो आफ्नो बाटो
समातेर जाऊ ।
त्यसै गर्छु खुसी हुँदै घर गए ।
बिहान फेसबुकमा फोटो सहित आएछ।
“कुनै बाँदरले हामीलाई
बिछोड गराउन सक्दैन “।