बुलन्द आवाज - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

बुलन्द आवाज



-प्रकाश शर्मा ‘आँसु’
मौनतालाई कमजोरी ठान्नेहरू
मेहनतलाई मजबुरी  ठान्नेहरू
नरम बोली लाई चाकरी ठान्नेहरू
सम्मानलाई लाचारी ठान्नेहरू
 होस् गरी बस ……
तिम्रा अतिवादी  , अत्याचारी ,दमनकारी
सनयन्त्रकरी ,विबेधकरी , निषेधकारी सोचहरू
तिम्रै निम्ति तिम्रो पातनकारी हुनेछन्
अब
अँध्यारा काला रातहरू उज्यालो हुने छन्
डर र त्रास सबै हराइ ओठमा  मुस्कान आउँनेछन
सहनशीलताका बाधहरू टुट्दैछन
कुम्भकर्णे निद्राका झोकाहरू टुटदैछन
चेतनाका मूलहरू फुट्दै छन्
गिट्टी फोर्ने हातहरू उठदैछन
दबिएका मुटुहरू जुट्दै छन्
किनकि
अब म डराउन छाडिसके
सपनाको महलमा हराउन छाडिसके
साच्चै भन्ने हो भने
म सम्झौता गर्न छाडिसके