अन्तिम लक्ष्य - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

अन्तिम लक्ष्य



-सपना आचार्य

करिब ३ घण्टासम्म चिता जलिरहेको स्थानमा बसेर हेरिरहेँ । कोही रोइरहेका थिए । कोही सहानुभूति दिँदै थिए । कुनै असल मान्छे थिए बिचरा भन्दै थिए । त कुनै किन उपचार न गरेको अझै पो बाँच्थे कि भन्दै थिए । कोही ए होर? बिमारी पो थिए र? भन्दै थिए भने, कोही मैले त फेसबुकबाट पो थाहा पाए भन्दै थिए ।

एक किसिमले सबै तिर सन्नाटा छाएको थियो लासलाई ब्रम्हनालमा राखेर एक छिन अन्तिम पटक श्रीमती, छोरा छोरीहरूको सामाजिक रुवाबासी चल्यो । म मौन बसेर हेरिरहेकी थिए । कति सम्म नाटक गरेका होलान्?

सयाँै मलामी आएका थिए । कसैको हातमा दाउरा, कसैको हातमा बुट्यानका टुक्राहरु थिए । ब्रम्हनाल पछि लासलाई चितामा राखे र चिता एक छिन् खितितिति हाँस्यो ।

को आएको रहेछ भनेर नियाल्यो खाता पाता हर हिसाब हेरे पछि भन्यो बल्ल आइस तँ? खुब तँ त मै मै गर्थिस्, खुब सम्पत्तिको नाममा आफन्तसँग झगडा गरेर हिड्थिस त । तैले आफ्नै बहिनीलाई, केही पैसाको लागि २ बच्चालाई घरबाट बेघर गरेको होइन ? १ टुक्रा जग्गाको लागि तैले आफ्नै दाजुलाई लात्ताले हानेको होइन र?

तँलाई माया गर्ने तेरो आफ्नै दिदीले बैना गरेर राखेको जग्गा किन्न न दिएर तँ आफैले बढी पैसामा किनेर धोका दिएको होइनस्?

हेर तेरो पाप आखिर तेरो दुःखद अन्त्य भयो ।

आखिर उ चिता न थियो कसैलाई भेदभाव नगरी नश्वर शरीरलाई आफ्नो काखमा समाहित गाराउथ्यो । एक पुत्र आगो बालेर मुखमा झोस्न आतुर थिए । सबैले एक पटक चितामा आफूले ल्याएको दाउरा राखेर परिक्रमा गरे लगत्तै ८० प्रतिशत चाहिँ चिसो, जुस, पानी, फलफूल खाएर घर फर्कन बस चढी रहेका थिए ।

घाट सुनसान थियो । चिताको छेउमा एक जना घाटे लासलाई घोची रहेको थियो । बेलाबेलामा मात्र उ त्यहाँ बस्थ्यो । अरू बेला एक्लै जली रह्यो । मैले हेरिरहेँ । हे ईश्वर के लीला गरेको तैँले । कुन दुनियाँमा तैँले यो मानवलाई छोडिस् । कति निस्ठुरी र बेइमान मानव बनाइदिएको होला ।

एक छिन मौन बसेकी थिएँ, झपक्कै निदाएछु । म त कहाँ कहाँ यमराजको दरबारमा पो पुगेछु ।

म त एक छिन अलमलिए तैपनि निर्धक्क भएर यमदूतलाई सोधेँ तेरो मालिक यमराज कहाँ छन् ?

तलदेखि माथिसम्म यमदूतले हेर्दै भन्यो को हो? यति निर्धक्क भएर यमराजलाई सोध्ने? पक्कै कोही हुनु पर्छ, कि त महाराजले बोलाएको हुनु पर्छ । एक छिन् पर्खाएर चित्र गुप्तकोमा पुरार्इ दिएपछि चित्र गुप्तले भन्नुभयो अचानक यहाँ किन आउनु भएको हजुरको पालो आएको छैन त । बेला भएको छैन ।

म झन् निडर हुँदै जवाफ दिएँ होइन हजुर म एक रिसर्च गर्नको लागि आएकी हुँ ।

कस्तो रिसर्च । यमलोक, यमलोक हो स्वर्ग, स्वर्ग नै हो । यहाँ केही फरक हुन्न सबलाई एक समान व्यवहार गरिन्छ । जसले जस्तो गर्छ त्यसलाई त्यस्तै ।

त्यो त मैले गरुड पुराणमा सुनिसकेकी छु । तैपनि पृथ्वीमा यति साह्रो अन्याय भयो कि सबै मानिसहरूमा राक्षस प्रवृत्ति आयो । यमराजको कुनै डर भएन । सबैले यमलोक छैन । मरेपछि सब स्वर्ग नै जाने हुन् जसरी अन्याय गर्न थाले ।

त्यस कारण मलाइ यमराज सङ्ग भेटेर केही भन्नू छ । जसरी हुन्छ समय मिलाई दिनुप¥यो । मेरो जिद्दी पना देखेर चित्रगुप्त गले । आकाशवाणी घुमाउँदै यमराजलाई म भेट्न आएको कुरा सुनाए ।

त्यो मनुवालाई पठाउनु मेरो दरबारमा ।

म बेचैन थिएँ यमराजलाई भेट्न ।

म जानै लागेकी थिएँ, यमराज मेरै छेउमा पो आएर म यमराज हुँ भन्दा झसङ्ग भएँ ।

उनी त मैले कल्पना गरेको जस्तो राँगोमा चढेर कालो कालो धम्मर धुस्से रहेनछन् । हेर्दा अति सुन्दर युवक थिए ।

अनि ल भन्नुस् मलाई किन भेट्न चाहनु हुन्छ ? यमराजले भने ।

हे यमराज । तपाईँ यो पृथ्वीमा असफल हुनुहुँदै छ । कसैले पनि तपाईँको अस्तित्व स्वीकार गर्न छाडे । सबै इन्द्रको दरबार ताक्न थाले ।

जति पाप गरेपनि जति दुर्व्यवहार गरेपनि कसैलाई डर छैन । सब मोह माया ,पैसाको पछि लागेका छन् । इमान जमान सब हरायो । तपाइले तुरुन्तै यो सबलाई हेरेर कडा कदम चाल्नहोुस नत्र पृथ्वी नरक बन्छ ।

बरु के कति सहयोग चाहिन्छ म पनि गर्छु

मेरो कुरा सायद उनलाई चित्त बुझेछ होला । स्याबास म कडा कदम चाल्छु । धेरै धन्यवाद मनुवा ।

यतिकैमा

लौ जाने बेला भयो दिदी भन्दै बहिनी छेउमा आई । म झसङ्ग बिउँझिएँ ।

पुन :उहि सन्नाटा छायो ।