मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • २७ कार्तिक २०८१, मंगलवार
Logo

मुक्तक



-प्रमुना पाैडेल


माहुरी जस्तै खोजी खोजी फुलमा डुल्नेलाई के थाहा
एउटा रुवाइ अर्कोको जिन्दगीमा फुल्नेलाई के थाहा
आैँशिको रातमा कति महत्त्वपूर्ण हुन्छ जूनको,
तर,घाम देखेपछि त्यही जून भुल्नेलाई के थाहा।।


अमूल्य ती आँसुका ढिक्का लुकाउन सक्नुपर्छ
अनगिन्ती मनका चोटहरू फुकाउन सक्नुपर्छ
थोरै धेरै जति आउन् जिन्दगीका पिडाहरू,
एउटा एउटा गर्दै घाममा सुकाउन सक्नुपर्छ।।


पाखापखेराका सम्बन्ध तोड्न परेको हो
खाएका ती वाचाकसम मोड्न परेको हो
रोजगारी गर्ने अवसर नभएपछि देशभित्र ,
अनि मात्रै हामीले देश छोड्न परेको हो।।


मैले तिम्रो तस्बिर छुनु परेको दिन
एउटा गल्ती हुनेछ रुनु परेको दिन
खुसीयाली जिन्दगी बितोस् तिम्रो ,
सानु म स्वर्गवास हुनु परेको दिन।।

रामेछाप
हाल:भक्तपुर, नयाँ ठिमी