सतिसाल

-गङ्गा पोखरेल
उस्ले कहिले केही मागेन
उस्ले कहिले बाटो छेकेन
न उस्ले कहिले झगडा गर्यो
उ सधैँ सधैँ मलाई मन पर्यो
उस्ले नै मलाई स्वागत गर्यो
म हिँड्ने बाटोमा उभिएको छ
सयौँ वर्ष देखि मेरो सतिसाल
उस्को पातमा रमाएका चरीहरू
उस्को हाँगामा गुड लाएका सुँगाहरु
भुर्र भुर्र उड्दै बस्दै फुर्फुर नाँच्दै
आहा ! अनुपम लीला छ प्रकृतिको
जरा सुक्न दिन्न ओइलाउन दिन्न
रसिलो बनाउनु छ सदा यो धरती
म उभिएको धरतीमै उभिएको छ
सयौँ वर्ष देखि मेरो सतिसाल
ऊ बाच्नुपर्छ किनभने
हामी पनि त बाँच्नुपर्छ
मेरो प्यारो सतिसाल
