म तिमीलाई भुल्न सक्दिन शिवदुती - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

म तिमीलाई भुल्न सक्दिन शिवदुती



मेरो जीवनलाई उज्यालो छर्ने तिमी हौ
मेरो सादा जीवनलाई रङ्ग भर्ने तिमी हौँ
अनि म कसरी भुल्न सक्छु
तिमीलाई भुलेको छैन शिवदुती

म सानो थिए केही जान्दिन थिए
बा आमाले भनेको केही मान्दिन थिए
तिम्रो मायाले आज यो जीवन पाए
अनि कसरी भुल्छु भुल्दिन तिमीलाई

मेरा आदरणीय गुरुहरूको बयान गर्न सक्दिन म
झूटा झूटा कुरा गर्दै भ्रम छर्न सक्दिन म
सत्य जे जे हो त्यही लेखे मैले
शिवदुतिमा भविष्य देखेँ मैले यति धेरै
प्यार गर्ने विद्यालयलाई म कसरी भुल्न सक्छु
म भुल्न सक्दिन शिवदुति

कसैको काका,कसैको दाइ अनि कसैको भाइ
कोटि कोटि प्रणाम प्र अ राम प्रसाद सरलाई
सधैँभरि माया ममता दिनु भएको थियो सबैले
अनि म कसरी भुल्न सक्छु तिमीलाई भुलेको छैन
शिवदुती

आफूले सधैँभरि आँसु पिएको छ
मलाई एउटा नयाँ जीवन दिएको छ
त्यसैले फेरि भन्दै छु म मरेर  पनि भुल्न
सक्दिन धेरै धेरै सम्झना शिवदुती

पूरा गर्देयौं है शिवदुति तिमीले सबै विद्यार्थीको भावना
उन्नतिको लागि यो पूर्व विद्यार्थीको तर्फबाट छ शुभकामना

 

-सुमन धमला
सिद्धिचरण नगरपालिका १० ओखलढुङ्गा