चहकमहक(कविता) - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

चहकमहक(कविता)



-विश्वजीत गुप्ता (बिशाल)

हेर्दै बसे तिनी, म देश लुटी खाई सकेँ,
बोल्न सकेनन् कोही, म टम्म अघाई सकेँ,
सातौ पुस्तालाई पुग्नेगरी, कालो धन जोगाई सकेँ,
लाग्दैन लाज मलाई, सरम पनि पचाई सकेँ।

सासन अफ्नै हो, कानुन फोहोर बनाई सकेँ,
मर्ने बेलामा नि, म राजनिती गर्न आई सकेँ,
राष्ट्रप्रेमी भावनालाई त, मनैबाट हटाई सकेँ,
भ्रष्टाचरणले मैले आफ्नो, देशलाई सजाई सकेँ।

बिदेशी बिकृतिलाई, मुलुकमा भित्रियाई सकेँ,
ऋणको बोझले, लाचार जनतालाई दबाई सकेँ,
यहाँ उप्लब्ध श्रोतलाई, उहिल्यै लुटाई सकेँ,
हरेक कुरा भुलेर ,अरुकै गुण गाई सकेँ।

प्रजाका कमजोरीको,फाईदा म उठाई सकेँ,
आफूले चहेको जस्तै, जालोमा फसाई सकेँ,
नामका लागि बीर छन्, पता लगाई सकेँ,
अन्धोको सामु बहिरो म, राज गर्न पाई सकेँ।

अत्याचार गरेरै हो, अहिले म मोटाई सकेँ,
लोभी समाजलाई, अन्धकारको बाटो देखाई सकेँ,
मेरो बेइमानीले त , सत्यलाई नि हराई सकेँ,
आँटिलो र पराक्रमी म, सबैलाई रुवाई सकेँ।

रामग्राम-३,घोडपाली,परासी
शिक्षक,सयपत्री मा.वि.