हाम्रो मोल

-दिपिका भण्डारी
तोकेछ सरकारले हाम्रो मोल दस लाख,
ऋण तिर्न काम लाग्छ आमा यही भएनी राख।
ऋणले भारी भएको काँध लिई ढली गए,
आमा,फक्रन नपाउँदै आज म ओइली गए।।
माग ठुलो मागेको थिएन माग्न त,
तर पछि हटेनन् ती हुल मलाई ढाल्न त।
सोचेको थिएँ,दिदीबहिनीको विहेदान गरुँला,
थाहा थिएन आमा यसरी अकालैमा मरुँला।।
१० लाखले चुहिने घरको छानो छाउँछ्यौ कि,
हामीलाई पढाउँदा लागेको ऋण तिर्छ्यौ कि।
आमा,मेरो सपना बन्दुकको तोपले छिन्यो,
नभन है कोख रित्तो बनाइ मेरो छोरो हिँड्यो।।
आमा,हराइ गए आज म त्यो बादलपारि,
नरोए है आमा,मलाई सम्झी घरीघरी।
शरीर नभएनी रहनेछ मेरो आत्मा तिम्रै वरिपरि,
आमा,हराइ गए आज म त्यो बादलपारि,
हराइ गए आज म त्यो बादलपारि ।।
