मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३ पुष २०८१, बुधबार
Logo

मुक्तक



-श्री कृष्ण धामी 


दुई जना युवालाई गोली हानेर दास बनेका छन्
गन्तव्यमा नपुग्दै दोबाटोमा लास बनेका छन्
कहाँ छ सरकार कहाँ छ न्याय कानुन देशमा ,
कालो दिनका रूपमा युवा खास बनेको छन् !


हानी दियो गोली सास फेर्ने पनि पाएन
दोबाटोमा लास आमालाई हेर्ने पनि पाएन
कति थिए सपना कति थिए मनको चाहना ,
सपना सपनामै अधुरो भए केर्ने पनि पाएन!


युवाहरूले छातीमा गोली खान तयार भए छन्
जिन्दगी आज हो कि भोलि खान तयार भए छन्
छैन रोजगार रोजगार खोज्दा मार्ने सरकार यहाँ
ती दिन आमाको अन्तिम बोली खान तयार भए छन् !


सु: ख पाइँदैन दुःख काँटनु पर्छ परदेशमा
नसक्ने काम पनि त आँट्नु पर्छ परदेशमा
आमाबाबुले के छ खबर भनी सोध्दा पनि ,
आराम कुशल छु भनी ढाँट्नु पर्छ परदेशमा !