सपना आचार्यका दुई कविता
-सपना आचार्य
00
लक्ष्यले पिरोले पछि !
दिन तातिन थाल्छन् ….
क्या गजब छ जिन्दगी
भोलीको आस जागे पछि
रात छोटिन थाल्छन् !
तिमी वरि परि
पर्दाले घेरिएको मात्र हौ
तिमी भएर पर्दा हुन
पर्दा भएर तिमी होइन ।
तिमी बिनाको पर्दा
कसले खोल्छ कसले लाउँछ
तिमी छौ र पर्दा छ !
पर्दा तिमीलाई छेक्न हैन
पर्दा बदली रहन्छ
तिमी स्थिर रहन्छौ !
मन मा आकाश बोके पछि
पर्दा छोटिँदै जान्छन्
तिमी आग्लिँदै जान्छौ
वेग बढाउ हुरी झैँ
पर्दा उड्न पात झैँ
तिम्रो निश्चयको वेगमा
पर्दा तिमीलाई पच्छ्याउने छन् ।
ढाकिनु तिम्रो लक्ष्य होइन !
00
तिमी हौ कि तिम्रो याद !
घुम्दै फिर्दै मन मै फर्कने !
तिमी हौ ! कि तिम्रो याद ?
तिमी निस्कँदा पनि बिझाउने
तिमी आउँदा पनि बिझाउने
सधैँ घोची रहने !
तिम्रो स्पर्श !
मेरो तृष्णाको व्यथा !