गजल - साहित्य सिर्जना साहित्य सिर्जना
  • ३ पुष २०८१, बुधबार
Logo

गजल



-प्रतिक राई 

भरोसा टुट्यो तिमीमा जिम्मेवारी थमाएर के गर्नु
आफ्नो सोच्न सकेनौँ तिमीले हक जमाएर के गर्नु

मर्दा चार जना काँध हाल्ने इष्टमित्र कमाउन नसके
व्यर्थै हुने करोडौँको धन सम्पत्ति कमाएर के गर्नु

भन्न सकिन मन भरी अनेकौँ पिडा बोकी बसिरहेछु
अब संसारको अगाडि पिडा लुकाइ रमाएर के गर्नु

थाहा थिएन नयाँ रूप फेरि अन्त्यै मोडी सकेछौ तिमी
तिमीले छाडेर गएको स्वार्थको काजुली समाएर के गर्नु

जलिन जेल घर रमितो हेरे सबै जली सकेपछि आए
जलेर घर सबै खरानी भएपछि पानी लगाएर के गर्नु