शतिष रेग्मीका ३ छोटा कविता
– शतिष रेग्मी
म म हुँ
दुनियाँ सँग दाँज्न, म कुनै वस्तु हैन
सपना म मा पनि छन्
बर्तन अनुसार आकार त पानीले बदल्छ।
अर्कालाई हेरेर आफ्नो सपना बदल्न म त्यो पानी पनि त हैन।
म मैं हुँ।।
आगो ठूलो भएर जल्दा समीपमा त्यसले ठूलै जलन दिन्छ
दुनियाँ जलाउनैलाई ठूलो हुन म त्यो आगो पनि त हैन।
म म नै हुँ।।।
00
के दियौ तिमीले
सामिप्यता को नाउँ मा त्यै दुई पल को साथ?
भरोसा को नाउँ मा तिनै झुठा वाचाहरु?
लठुवा त मै रैछु
कागजी सम्झौता त पुरा हुँदैनन् यहाँ
मुखले गरेका वाचा को भर परेँ
00
तिमीलाई ढल्किन काँध चाहिएको बेला
जो सधैँ त्यहीँ हुन्छ
म त्यही हुँ
तर तिमीले मलाई यादै गरिनौ
म हराएको छाया मात्र हुँ।।