फेरियाको जुग (खस भाषाको कविता)
– सुरेन्द्र शाही (गुलाब कान्छो), बाजुरा
टिनले कब्जा गर्यो
खरको पाखो हरायो
घर खण्ड खण्ड भयो
पुराना घरको हाम्मो मुज्यालो हरायो
काँबाटी दराज आयो
आमा र बाका मालसामान राख्न्या मुदुस हरायो
तन्न्याडी गाउँघर छाडी मुग्लानी भया
खेतगडा सबै बाँझिन लाग्या
भकारी रित्तिन लाग्यो
अन्नपात राख्न्या कोठिलो हरायो
खाडल हरायो
गाउँघरम्मा बुढा बाआमा
नान्क्याना टोकाटोकी मात्तै रह्या
चाललन र चल्ती,
रितिरिवाज र संस्कृती जोगाउन्या
कोई भयोन
त्यै बिहले संस्कार र संकृतीको
घाँटी अँठ्याइकन मार्न लाग्या जसो भयो ।
कठै १ उईबेलाका जसो रमाइलो
हाम्मो गाउँघरलेपन खोज्याको होला
अब,
त्यो रमाइलो काँबाट आउन्याछ फर्किकन ?
जुग फेरियो
जमाना फेरियो
दुनियाँ फेरियो
सबै फेरियो
हाम्मो गाउँपन अहिलेका जमनाम्मो चोखो रह्योन
छोयो आधुनिकताका हावाले कठैबरी ।