बालेन तिमी अपराधी हौ - साहित्य सिर्जना साहित्य सिर्जना
  • ४ पुष २०८१, बिहीबार
Logo

बालेन तिमी अपराधी हौ



-सुमन धमला

गुण्डाका नाईकेहरूलाई गरी खान दिएनौ रे
पहिला त तिमी कहिल्यै नि यस्तो थिएनौ रे
मै हुँ भन्ने मान्छेलाई पाखा लगायौ हो त्यसैले
बालेन तिमी अपराधी नै हौ ।

देश बेच्नेहरूलाई भागा भाग बनायौ
पहिला देश बेचेको बन्द मुद्दालाई
तिमीले नै खुलायौ
देश बेचेर जीवन बनाउनेहरूलाई भागा भाग
बनाएपछि तिमीलाई भन्न मन लाग्यो
बालेन तिमी अपराधी हौ।

अरु कसैलाई पनि चासो नभएको विषय तिमीले
उठाउनु पर्ने किन तिमीलाई के को टाउको दुख्यो
कसै कसैको पैसा आउने मुहान नि सुक्यो
त्यसैले बालेन तिमी अपराधी हौ ।

कर्मचारीका छोराछोरीलाई
कार्यालयमा भर्ती गर्न पाइन्न
घुस पेस दिँदा तिमीले भन्यौ रे मलाई यो चाहिन्न
त्यसैले बालेन तिमी अपराधी हौ ।

सिद्धिचरण नगरपालिका १० ओखलढुङ्गा