जीवन आचार्य निश्चलका ३ छोटा कविता
-जीवन आचार्य निश्चल
दाग
हिलोमा फुलोका कमलको फुल हेर्नु
र,भन्नू हिलो नै होस् त
फुललाई ।
र, हिलोलाइ अझदागि देखाउन
हिलो छ्याप्नु
आफू लगाउनु सेतोबस्त्र ।
सोच्नु एकपल्ट दाग कस्कोमा लाग्छ
कसको चर्चा चुलिन्छ ?
00
सदुपयोग
कुर्सीमा पुग्नुभन्दा अगाडि
ऊ,
खुब समाजसेवी देखियो
कुर्सीमा बस्न पाऊँ भनेर निवेदन दियो
हामीले बहुमतले अनुमोदन गरिदियौँ
कुर्सीमा पुगेपछि
ऊ
छेपारोमा बदलियो र,
कुर्सीको सदुपयोग गर्यो
00
स्मृति
युद्ध हारेको दिन
अथवा, जित भेटेको साँझको नाममा
मस्तसंग मदिरा चपाउनु पर्छ
धाराहरु संबिधानको प्यालामा घुट्क्याउदै
आन्दोलन सम्झदै गर्नुपर्नेछ ।
सायद ,
रणभुमीमा घाइते घोडाहरु
घाइते नै बसिरहुन
आफ्नोतर्फबाट सिघ्रस्वास्थलाभको
कामना जो टक्र्याएको छु
मृत्युपछि जिउदाहरुको नाममा
समवेदना छ भनेको पनि छु।
उजाड बनाएपछि वस्ति
हरियाली हुन्छको सोप्नभ्रम बाडेर
क्रान्तिको नाम भत्काएर बनाउनु हो-
पुरानै सबैखाले राष्ट्रिय ,अन्तर्राष्ट्रिय तत्वका
जगमा खडा भएको महल ।
म सम्झदै छु गोलि बोकेर छातिमा
क्रान्तिका नाममा भत्काइएको
साझा सपना
स्थापना किन हुनसकेन ?
अरुले मात्रै खाए मैले पाइन
लाई सार्थक
तुल्याएको ती हिजोका दिन सम्झेर
मदिरा पिउदै आफैलाइ विर्सदै छु
आफुसगै