चिट्ठी
-प्रमिला प्याकुरेल
आदरणीय मित्र आत्मिय नमन
छौ तिमी र पो आफ्नो पिडा सुनाउनु
पहाड जस्तो परिस्थिती नदि बनाई बगाउनु
अरु केही नसकेनि छेउमा बसि मेरो रोदन
सुनिदिने ,
कमलो मन भयेकाले म सङ्गै रोइदिने
प्यारा मित्र ,
म सारै हास्न नजान्ने,नाच्न नजान्ने,
जिन्दगी को परीक्षा दिदा दिदा
खुलेर बाच्नै नजान्ने
तर पनि साथ् पायेको छु तिम्रो
छि: कदर पनि कस्तो गर्न नजानेको मैले
तिम्रो भावनाको
अ साच्चि !भन्नै बिर्से
थाहा छ तिमीसङ्ग संगठन नै बनाउन
नसकेनी
बिगठन गर्न चाहिपक्कै मन नै मान्दैन
मित्र
हास्न नजाने नि
रुन तिमीसङ्गै आउ लाग्छ
खै कस्तो कस्तो
परिबन्धले निमोठदा दुरगामि सोच दिने
आट र साहस दिने तिमी
भडकियेको बेला तिमी ले रुवाउदा
केयौ दिन बिचलित हुने गर्छु
सम्झना सारै लामो भयो क्यारे
दिक्क नमानी पढनु
आफ्नो ख्याल राख्नु जाडो धेरै छ
अन्तमा विश्राम गरे
मलाई येक्लै नपार्नु सम्झिरहनु
उहीँ दु:ख को मात्रै साथी