आत्महत्याको साक्षी - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

आत्महत्याको साक्षी



-राजेन्द्र बानियाँ ‘विगिन’

मेरो आत्महत्याको साक्षी
यो समाज हो
जसले बक पत्र पढेको थियोे
मेरा विरुद्ध कुनै बेला !!

मेरो आत्महत्याको सारथी
यो प्रकृति हो
जसले मेरो औचित्य बुझेन
मेरो आवश्यकता सम्झेन !!

मेरो आत्महत्याको सफाई
मेरा यीआखाँहरु हुन
जसले मृत्यु प्रश्चात हेरिरहेका छन्
तँहरुका हर्कत !!

मेरो आत्महत्याको कारण
मेरो लासहिन प्रेम हो
जसले हरबखत बलिदान मागी रहन्छ
आफ्नै आँखा अगाडि !!

सोतह मेरा सपनालाई काँडेतारले बाँधि दिए
जिब्रासयलाई हननको अदालतमा उभ्याई रहे
मनको घडेरी बेच्दै गए !!

मेहनतको पसिना चुहिन नपाउदै
बकपत्रमा हस्ताक्षर गर्दै गए
कतिखेर आत्महत्याको दहनमा
हस्ताक्षर गरे पत्तै पाएन यो मनले !!

मेरो आत्महत्याको साक्षी
मेरा आँखा/मन/सपना हो
आखाँले देख्न छोडेपछि
मन डग्न थालेपछि
सपना देख्न छोडेपछि
शून्य भएको हो एक्लो मान्छे !!

यो ब्रमाण्ड साक्षी छ
मेरो आत्महत्याको ।
यो धर्ती साक्षी छ
मेरो अन्तको/आरम्भको !!

बुढीगंगा नगरपालिका, बाजुरा