एकतिस अक्षरिए,ताङ्का कविता
-श्रीबहादुर केसी शैलुङ्गे
१:निसर्थ भाव
विचार फूलाउदै
सिकेर पाठ
तानाशाहकाे विल्ला
अचम्मकाे नाटक।
२:कुहिराे थियाे
निस्तब्ध अध्याराेमा
शान्तिकाे पर्दा
अधिकारका लागि
चेतना र अस्मिता।
३:न्यायालयमा
इन्द्रेणीकाे रङमा
रविकाे छवि
वेलि चमेलि फूल
माैलिक नाचघर।
४:नेपाली माटाे
धाैलागिरीकाे जल
पिरती गास्दै
बुद्धकाे देशलाई
चाँदनि र दाेधारा।
५:क्षितिज संग
मनाेनयन गर्दै
याेजना अायाे
किनाराकाे प्यास झै
पश्चिम कालापानी।
६:फूलेकाे फूल
साैन्दर्यकाे प्रतीक
महासागर
इश्वरकाे हृदय
फूल मन्द मुस्कुरायाे।
दाेलखा,हाल भक्तपुर।