कठै मेरो ‘देश’ र ‘म’
-सुमन धमला
दुई ढुङ्गा बीचको तरुल जस्तै गरी परेको छ
देश विकास होला भन्ने आस अब त मरेको छ
त्यसैले भन्न मन लाग्यो कठै मेरो देश र म
कहिले चुस्छन् आफ्नैले कहिले चुस्छन अरूले
देशलाई उभो लाग्न दिएनन् यी पापिष्ट नेताहरूले
त्यसैले भन्न मन लाग्यो कठै मेरो देश र म
एयरपोर्टमा छ विदेश जाने युवाहरुको लर्को
यता औँठा छापले देश चलाउँदै छन् एकपछि गर्दै अर्को
त्यसैले भन्न मन लाग्यो कठै मेरो देश र म
युवाहरुको सपना चकनाचुर भई फुटेका छन्
सत्तरी काटेका नेताहरूले देश चुस्नु सम्म चुसेका छन्
त्यसैले भन्न मन लाग्यो कठै मेरो देश र म
पिता पुर्खाहरूले विदेशीहरूसँग लड़ाई गर्दै जोगाएको
अहिले कुन चाँहि नेता होला र खै देश लुटी नखाएको
त्यसैले भन्न मन लाग्यो कठै मेरो देश र म
सिद्धिचरण नगरपालिका १० ओखलढुङ्गा