मैले जागिर छोडेको दिन - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

मैले जागिर छोडेको दिन



– सरोज के.सी. सरोबर

कुनै पदको
कुनै एउटा कार्यालयको
कुनै एउटा ढाँड दुख्ने कुर्सि खाली होला
या सधैँ म देखि रिसाउने कर्मचारी साथि
खुसि होला
यस्तै यस्तै होला
मैले जागिर छोडेको दिन ।

केहि जोर पेटहरुले सोच्लान
घरको अध्याँरौ कोठा भित्र उभिएर,
हम्रा पेटहरु अब भोका होलान्
अफिस जाने सडक छेउमा
कसैको एउटा हात
हावासँग हात मिलाउँदै
एक्लै हिँडिरहला
भोको गल्तीमा
केहि मान्छेहरु खुसि रहलान् कार्यालयका परिसर- पेटिहरुमा
यस्तै – यस्तै होला
मैले जागिर छोडेको दिन ।

आखिर केहि नहुन पनि त सक्ला
मैले जागिर छोडेको दिन ।
मैले जागिर छोडेर
गए पनि
अरु कसैले गरि देला मेरो काम
आउने जानेहरुले सोध्दा
अर्कै मान्छे उता छ भनेर
अरु कसैले पनि त भनिदेला
कार्यालयको सेवाग्राही सँग काममाआँखा जुधाउनेहरु
अरु पनि त होलान् नि
सेवाग्राहीकोे काम कसरी छिटो
गर्ने भनि हतार हुने
अरु पनि त होलान्
किन केहि पनि फरक नपर्ला र
मैले जागिर छोडेको दिन ?

म अब फर्किन्न कि भनेर
मेरो नाममा भएका चिजविज पल्टाउदै पल्टाउदै
मलाई रात भरी याद गर्न सक्छन्
बजबुजारत आउला कि नआउला
बजबुजारत आउला भनेर
बुझ्नेले
अब के गर्दै भनेर सोध्न सक्छन
म फर्किन्न कि भनेर मलाई साथ दिनेले
मेरा लागि कमलो मनहरुले
आँसु झार्न सक्छन।

पन्चकन्या, नुवाकोट ।