राष्ट्रकवि प्रति

-अम्विका अधिकारी
गौरीको महिमा छ लोक भरमा , सारै प्रिय मान्दछौँ ।
शोकै शोकछ पूर्ण प्रस्तुति मिठाे,त्यै ज्ञान हो जान्दछौँ ।।
झर्रा शब्द मिठास भाव अति नै, लेख्याै अहाे सुन्दर ।
राम्रा उत्तम शिल्प साथ गुणले, साच्चै सजायाै घर ।।
आयु पूर्ण शताब्दि पार गरदै , वैकुण्ठ वाटाे लियाै ।
सयाै किर्ति अपार काव्य रसिला, याे राष्ट्रलाई दियाै ।।
तिम्रा गुण हजारछन् मुलुकले , सम्मान राख्याे जति ।
वाँच्याै राष्ट्रकवि भनेर दुनिया, जान्दाेछ तिम्राे गति ।।
लेख्याै गीत मिठासपूर्ण रसिला, याे राष्ट्रका खातिर ।
पार्याै राष्ट्र विशाल सिर्जन दिई , उचाे वनायाै शिर ।।
तिम्रा सिर्जनमा वहन्छ खदिलाे, याे राष्ट्रकाे गाैरव ।
सारा देश उठेर लिन्छ खुकुरी, खुडा उद्याई अझ।।
गुन्जन्छन भिर खाेच वस्तीहरुमा,अखण्डताकाे धून ।
ऋणी छाै सव देश-वासी अहिले , विर्सन्न तिम्राे गुन ।।
जाऊ स्वर्ग खुला छ मार्ग सव नै, स्पष्ठ झै दर्पण ।
राखी पुष्प हजार अञ्जुल यहाँ,श्रद्धाञ्जली अर्पण ।
