एयरपोर्टमा मान्छेको लर्को !

– सुशील लामा
देशलाई प्रगति पथमा दगुराउन
अति आवश्यक युवा शक्ति
गाउँ-घर,बस्ती-समाज सजाउँदै
बा-आमाको बाँकी जिन्दगीको सहारा बनेर
आफ्नै माटोमा बाँच्नु पर्ने
मुटुभरि तन्नेरी रगत बोकेको
हुलका हुल युवा-युवतिहरू
बिपना धितो राखेर
कोरा नभेटेको सपनाहरू किन्न
हवाई बाटो को स्टेसन
अन्तर्राष्ट्रिय विमान स्थलमा
मान्छेहरू एयरपोर्टमा लर्को लाएर उभिदैँछ्न् ।
जीवनको उत्तरार्धमा पुग्दै गरेको
एउटि बुढी आमा
आफ्नो प्रिय छोरालाई बिदाइ गर्न
छोरा सँगै एयरपोर्टको प्राङ्गणमा ठिङ्ग उभिएर
पुरानो आँखाको डिलबाट
बलिन्द्र आँसुको धारा चुवाउदैँ छिन् ।
आमा,
छोरालाई एयरपोर्ट पुर्याउने मौका छोपेर
जीवनमा पहिलो पटक काठमाण्डौंको
दर्शन गर्दैछ ।
काठमाडौँको दर्शन सँगै
सधैँ-सधैं मनै मनले पुजेको
पशुपति, बौद्ध ,स्वयम्भू साक्षात् देखेर भेटेर
आफूले आफ्नो लागि भन्दा
छोराको निम्ति धेरै आशीर्वाद मागेको छ ।
बा-आमाको माया मन भरि
देशको माया मुटुभरि बोकेर
ती बुढी आमाको छोरो
मान्छेको लर्को छिचोल्दै
आकाशमा उड्ने जहाज तर्फ जान्छन्
आमा घुँक्क-घुक्क रुदैं
सँगै गएको आफन्त सँग फर्कन्छन् ।
मान्छेले मान्छेलाई छक्काएर
बिस्वस्नियता जालसाजीमा फसाएर
परको पराई
सिमाना पारिको भूमिमा
निर्यात गर्दैंछ ।
मान्छेले मान्छेलाई
सरकार झुटो आश्वासन दिलाएर
चुनावको बेला मात्रै
जनताको मन जित्ने कोसिस गर्दछ ।
आधुनिक युगको
आधुनिक दास बनेर
हातमा पासपोर्टको हतकडी सजाएर
खुसी र रहरको अनुभूति हरूलाई
बाध्यताको वधशालामा बद गराएर
देखेर पनि नदेख्ने अभिनयमा माहिर
जनताको सरोकार नराख्ने
सरकारको ईज्जतका धज्जी उडाएर
एयरपोर्टमा युवाहरूको लर्को लाग्दै छ ।
पाँचखाल,काभ्रेपलान्चोक
लिमासोल,साईप्रस
