मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८२, मंगलवार

मुक्तक



-मदन पौडेल (राज)

(१)

अथाह कथा बोकेर सगरमाथामा टेक्न मन छ
आउने सयौँ पुस्ता पछिका मान्छे भेट्न मन छ
थाहा छ मलाई, म हजारौँ वर्ष बाँच्न सक्दिन
युगौँ बांचोस यस्तो एउटा कविता लेख्न मन छ।

 

(२)
सोच भूत र भविष्यको जम्का भेट कस्तो होला
कुनै मेलामा बच्चाले हजुरबुबा भेटे जस्तो होला
आमाको ममताको तुलना कसै सङ्ग हुनै सक्दैन
स्थिति यही रहे त्यो दशधारा दूध पनि सस्तो होला