मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८१, सोमबार
Logo

मुक्तक



-निरा भट्टराई


आगो लगाउन सलाई चाहिन्न
सन्चो बनाउन दवाई चाहिन्न
मिठो बोलीले मुस्कुराइदेऊ माया
खुसी बन्न अन्त धाइन्न


आउँ एक छिन जूनका कुरा गरौ
मायाको मिठो धुनका कुरा गरौ
दुनियाँ जुन तालमा नाचुन् नाचुन्
हामी प्रेमको सुगन्ध छरौ


अरू लाई त दुः ख पर्दैन झैँ गर्छौ
आँखाबाट आँसु झर्दैन झैँ गर्छौ
फलामको ज्यान छैन कसैको
पराइको त आत्म मर्दैन झैँ गर्छौ


आफूलाई पर्दा मात्र हात पसार्नेहरूलाई
चिल्ला बोली बचनले पाउ मसार्नेहरूलाई
जति गरे पनि गुन नलाग्दो रैछ
दुः ख अरूलाई पर्दा सिन्को नसार्नेहरूलाई

काठमाडौँ