मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • १ पुष २०८१, सोमबार
Logo

मुक्तक



-प्रकाश धमेना(ज्योति)

विगत सम्झी तत्काल हार खानेहरूमा
भाग्य ले भोगाएको मार खानेहरूमा
म पनि छु विवश जीवन बिताई रहेको
तनावै तनावमा सधैँ भार खानेहरूमा

00

तिम्रै लागि आएको हुँ म यहाँ स्वागत भनन
देख्यौ मलाई अब यही हो मेरो तागत भनन
किन मनका कुरा लुकाएर बस्नु तिमी र म
जीवनमा जति छ यही हो मेरो लागत भनन

00

म बदलिएर पुराना भएका त्रुटिका खतलिदै छु
कसैको मतलब छैन एक्लोपनको लतलिदै छु
धेरै देखेँ भेटमा पेट भर्ने अवसरवादीलाई पनि
त्यसैले आफ्नै गन्तव्य बारे सोच्ने मतलिदै छु

00

खोज्दै छु आफ्नो पन कता गयो होला
दया,माया भएको चलन कता गयो होला
यात्रामा भीड हुँदा पनि एक्लो लाग्ने गर्छ
पुराना साथी खेल्ने आँगन कता गयो होला

बझाङ्ग , तलकोट -२
हाल -चितवन