मुक्तक

-जानकी मञ्जरी
१
तिमी सङ्ग सङ्गै हुनुको मजा बेग्लै
तिम्रो काखमा रुनुको मजा बेग्लै
दुनियाँको कुनै मतलब छैन मलाई
तिम्रो स्पर्शले छुनुको मजा बेग्लै
२
कत्ती होलान् कत्ती प्रेमको हिसाब लिएर आऊ
प्रेम मिलनका छुट्टै एउटा किताब लिएर आऊ
कयौँ वर्ष बिते प्यारा तिम्रो अभावमा खट्किँदै
सक्छौ यो साल हातमा रातो गुलाब लिएर आऊ
३
सुटुक्क भनिदेऊ प्रिय तिमिलाई पाउन के गर्नुपर्छ
तिमि सँग सँगै हरेक प्रहरहरू कटाउन के गर्नुपर्छ
यो सानो मुटुमा अथाह माया अदृश्य छन् लुकेका
भनिदेउन् तिम्रो सामु प्रत्यक्ष देखाउन के गर्नुपर्छ
