मुक्तक - साहित्य सिर्जना साहित्य सिर्जना
  • २ पुष २०८१, मंगलवार
Logo

मुक्तक



-सरिता सेढाई 


कलाकार हरुको त्यो लहरमा छु म
गुमनाम खुसी खोज्ने रहरमा छु म
भाग्यले जीवनबाट हाँसो लुटीदिंदा
हाँसोको अभिनय गर्ने सहरमा छु म


जिन्दगीमा कठिन यात्रा गर्दागर्दै थाकें आमा
नयन भरी आँसुको मूल भर्दाभर्दै थाकें आमा
छैठौं दिनमा भाबीले भाग्य लेख्न बिर्सेपछी
जीवित शरिर पलपल मर्दामर्दै थाकें आमा


हरेक गते हरेक बार उस्तै उस्तै लाग्छ
जता हेर्यो उतै संसार उस्तै उस्तै लाग्छ
सोचे जस्तो मायामा मिठास नहुंदा खेरी
तिमीले गर्ने इज्जत तिरस्कार उस्तै उस्तै लाग्छ