मुक्तक

-सपना आचार्य
१
श्वास रहुन्जेल सम्म त आश लाग्दो रहेछ
कहिले सत्रुको पनि बिश्वास लाग्दो रहेछ।।
समयले कस्तो पाठ घोकाएर जान्छ यार
पिठ्युमा छुरा रोप्ने पनि खास लाग्दो रहेछ ।
२
रहंदैन तिमी बिना एक्लो यो दिल अब त
चोटमा रोएर भए आँखा टिलपिल अब त
कति सहनु तिम्रो सम्झनामा तडप र सास्ति
सहनै गारो भयो यार मुस्किल अब त ।
