मुक्तक

-दीपा तिम्सिना (पौडेल)
(१)
तिम्रै हूँ भनि बिस्वास दिलाएर गयो
अमृत सम्मान वाणी पिलाएर गयो
तिमी मेरो संसार, नपाए मर्छू भन्य्यो
तर आज आफै कता बिलाएर गयो
(२)
हात समाउँदा जब ठेला भेटिन्छ
मन भकानिन्छ अनि मुटु रेटिन्छ
राम्रो लाएनौँ कैले,मीठो खाएनौ
भन न बा हाम्रो गरिबी कैले मेटिन्छ?
