मुक्तक

-समीर दाहाल
१
राजनीतिमा भनौँ टिकिरहने सत्ता छ
काम नगरेनि दिनहुँको आउने भत्ता छ
भोको पेट र नाङ्गो खुट्टा किन देख्नु र
जब कि सिर देखि पाउसम्म पुग्ने लत्ता छ
२
सुन्नै नसकिने गजल सुनायो रे भन्छन् आजभोलि
आफैलाई सर्वोपरि ठानेर खेदो खन्छन् आजभोलि
थाहा छ स्वार्थी त छौ हामी सबै यही भिडहरूमा
मेरै गोरुको बाहृटक्का भनी किन कन्छन् आजभोलि
३
सम्भव छ एकै देशमा कसरी देउताको बास छ
लुकाएका धेरै रहस्य छन् सायद केही त खास छ
बोल्ने कोही छैनन् मेरो देशलाई छेडखानी भको छ
इतिहास पनि उनीहरूकै पक्षमा छ मेरो विरोधाभास छ
कमल गाउँपालिका २ , दाहाल गाउँ हाल: युएई सारजाह
